
महत्त्वपूर्ण धार्मिक गुठी स्वर्गद्वारी आश्रमको ९ सय ५८ बिघा जमिन विभिन्न व्यक्तिले कब्जा गरेका छन् । २४ वर्षदेखि आश्रमको जग्गामा व्यक्तिको रजाइँ चलिरहेको हो । सशस्त्र द्वन्द्व सुरु भएपछि आश्रमको जग्गामा व्यक्तिले कब्जा गर्न थालेका थिए । पछि मुक्त गराउन प्रशासन र अदालत धाउँदासमेत फिर्ता भएको छैन ।
दाङको घोराही-१४ झिंगौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा व्यापारिक प्रयोजनका लागि निर्माण भइरहेका भवन । केही जग्गामा संरचना बनाई व्यापारिक प्रयोजनका लागि भाडामा दिने भनेर घोराही उपमहानगरपालिकाले जिम्मा लिए पनि आश्रमले केही पाउन सकेको छैन । तस्बिर : दुर्गालाल/कान्तिपुर
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij