२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आईपीएल २०१९ : मुम्बई फाईनलमा

आईपीएल २०१९ : मुम्बई फाईनलमा

आईपिएलमा हिजो भएको पहिलो क्वालिफायरबाट मुम्बई इण्डियन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई फाइनलमा पुगेको हो ।

चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । अम्बाती रायुडुले अविजित ४२ रन बनाए भने महेन्द्रसिंह धोनीले अविजित ३७ रन बनाए । त्यस्तै मुरली विजयले २६ रन जोडे ।

१३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो । मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७१ रनको उत्कृष्ट इनिङ खेले । यस्तै इशान किसनले २८ तथा हार्दिक पाण्ड्याले १३ रन बनाए ।

जितसँगै मुम्बई फाइनलमा प्रवेश गरेको छ भने चेन्नईले दोस्रो मौका पाएको छ । हैदराबाद र दिल्लीबीचको विजेतासँग चेन्नईले प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij