
आईपिएलमा हिजो राती( बुधवार ) भएको खेलमा चेन्नइ सुपर किंग्स विजयी भएको छ । चेन्नइले घरेलु मैदानमा भएको खेलमा दिल्लीलाई ८० रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । चेन्नइका लागि सुरेश रैनाले ५९ रन बनाए भने महेन्द्रसिंह धोनीले अविजित ४४ रन जोडे । फाफ डु प्लेसिसले ३९ रन बनाउँदा रवीन्द्र जडेजाले पनि २५ रन बनाए ।
१८० रनको लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा ९९ रनमा समेटियो । दिल्लीका लागि श्रेयस ऐयरले ४४ रन बनाए भने शिखर धवनले १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
दिल्लीलाई सस्तैमा समेट्नका लागि इम्रान ताहिरले चार विकेट लिए । रवीन्द्र जडेजाले पनि ३ विकेट हात पारे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij