२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतबाट आउंदै गरेको गाडीमा आगालागी

भारतबाट आउंदै गरेको गाडीमा आगालागी

पूर्वी र पश्चिम नवलपरासीको सिमाना पर्ने दाउन्ने बजारमा बुधबार साँझ बसमा आगलागी भएको छ ।

आगलागीबाट बस जलेर पूर्ण नष्ट भएको छ । नवलपुर प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।

भारतको दिल्लीबाट नेपालको काठमाडौं आउँदै गरेको युपी ६५ जि टी ००१ नम्बरको बसमा आगलागी भएको हो । इन्जिन तातेर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij