२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सेटिंग मिलाएर विष्णु पौडेलले जग्गा उपहार पाए : कांग्रेस नेता विश्वकर्मा

सेटिंग मिलाएर विष्णु पौडेलले जग्गा उपहार पाए : कांग्रेस नेता विश्वकर्मा

नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले नेकपाका महासचिव विष्णु पौडेलले सेटिङ मिलाएबापत बालुवाटारको ८ आना जग्गा बकस पाएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा वर्तमान सरकारप्रति कडा रुपमा प्रस्तुत भएका विकले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले छताछुल्ल भैरहेको आरोप समेत लगाए ।

उनले भने, ‘त्यही भएर जनताले अहिले कांग्रेसीहरु तिमीहरु कहाँ छौं ? भनेर आक्रोश पोखिरहेका छन् ।’

मुलुक नै सञ्चालन गरेको र अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेका पौडेल बालुवाटारको जग्गा प्रकरणमा मुछिएको प्रति कटाक्ष गर्दै उनले भने, ‘मैले सुनेको चाहीँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’

ललिता निवासलाई मोही कायम गर्न लाखौं/करोडौं खर्चिएका भूमाफियाहरुले विष्णु पौडेलका कारण आफूहरु फसेको गुनासो गरेको पनि उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij