
परीक्षार्थी संख्या १ सय ५४ । डेढ सयकै हाराहारीमा सुरक्षाकर्मी । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार विद्यार्थीले प्रहरी घेराभित्र परीक्षा दिए । तीनपल्ट सरेपछि विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजमा बल्ल परीक्षा सुरु भएको हो ।
‘डी प्लस’ ल्याएका विद्यार्थीलाई परीक्षामा सामेल गराउन नहुने माग गर्दै आन्दोलनरत विद्यार्थी र प्रहरीबीच आइतबार झडप भएको थियो । झडपमा एक विद्यार्थी घाइते भए । ‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सामेल गराउन नहुने पक्षका विद्यार्थी आइतबारबाटै परीक्षा केन्द्रमा रिले अनशनमा थिए । आन्दोलनरत विद्यार्थीले परीक्षामा अवरोध सिर्जना गर्ने देखेपछि विश्वविद्यालयले सोमबार बिहानैदेखि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गर्यो । सशस्त्र प्रहरीले समेत परीक्षा केन्द्रमा सुरक्षा दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij