२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हुम्ला रुघाखोकी महामारी : खकार नमुना पहिचान गराउन समस्या

हुम्ला रुघाखोकी महामारी : खकार नमुना पहिचान गराउन समस्या

हुम्लाको ताजाकोटमा रुघाखोकी प्रभावित बिरामीको खकारको नमुना (थ्रोट स्वाब) संकलन गरिए पनि परीक्षणका लागि पठाउन समस्या भएको छ । संकलित नमुना समयमै प्रयोशालामा पुर्‍याउन नसक्दा त्यहाँ फैलिएको रोगको पहिचान हुन सकेको छैन ।

रुघाखोकी प्रभावित क्षेत्र जिल्ला सदरमुकाम सिमकोटदेखि पैदल ४ दिन दूरीमा पर्छ । त्यहाँबाट पैदल तथा गाडीमार्फत बाजुराको कोल्टी पुगेर जहाजमा नेपालगन्ज पुग्ने छोटो दूरी हो । स्थानीयका अनुसार सयममै हिँडेर कोल्टीमा पुग्नेबित्तिकै जहाज पाइयो भने पनि दुई दिनमा नेपालगन्ज पुगिन्छ । ‘यस्तो अवस्थामा समयमै नमुना पठाउन सकिने भनेको हेलिकप्टरबाट मात्र हो,’ डा. पौडेलले भने, ‘जहाजबाट पठाउन खोजियो भने हामीले खोजेको रिपोर्ट पाउनै सकिँदैन, यसले हुम्लामा फैलिएको रुघाखोकी कुन रोग हो भन्ने कुरा रहस्यमै रहन्छ ।’

संघीय सरकारसँग समन्वय गरी आइतबार प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टरबाट चिकित्सक र औषधि पठाएको कर्णाली प्रदेश सरकारले थप चिकित्सक र औषधि पठाउनुका साथै संकलित नमुना समयमै सम्बन्धित ठाउँमा पुर्‍याउनका लागि हेलिकप्टर आवश्यक रहेको जनाएको छ । ‘हिजो जसोतसो हेलिकप्टर व्यवस्था गरी प्रभावित क्षेत्रमा डाक्टर र औषधि पठायौं,’ सामाजिक विकासमन्त्री दल रावलले भने, ‘अब रोगको पहिचान र थप उपचार प्रबन्धका लागि संघीय सरकारसँग फेरि हेलिकप्टर माग गरेका छौं ।’ आजको कान्तिपुर दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij