२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दल दर्ता गराउन सिके राउत निर्वाचन आयोगमा

दल दर्ता गराउन सिके राउत निर्वाचन आयोगमा

सरकारसँग दुई महिनाअघि ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा अवतरण गरेका सिके राउतले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । ३५ जना केन्द्रीय सदस्यसहित राउत नेतृत्वको जनमत पार्टी आइतबार आयोग पुगेको हो ।स्वतन्त्र मधेस गठबन्धनका नाममा पृथकतावादी गतिविधि गरिरहेका राउतले गत २४ फागुनमा संविधानबमोजिम गतिविधि गर्ने सहमति गरेका थिए । ‘यतिन्जेल दल दर्ताकै तयारीमै थियौँ, विधान लेख्नेदेखि सदस्यता वितरणसम्मको काममा केही समय लाग्यो,’ जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले भने, ‘यसअघि संगठन विस्तार र अन्य विभिन्न कामको चापले दल दर्ता प्रक्रियामा जान सकिरहेका थिएनौँ । अहिले विधान र केन्द्रीय समिति संविधानअनुसार समावेशी बनाएर आयोगमा निवेदन दिएका छौँ ।’

सरकारसँग सहमति गरेलगत्तै मधेस झरेका राउतले गठबन्धनको भेलाबाट जनमत पार्टी घोषणा गरेका थिए । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भने, ‘केन्द्रीय समितिसहित आयोगमा निवेदन आएको छ ।’ ४५ दिनभित्र संविधानअनुरूप मापदण्ड पुगे–नपुगेको जाँच गरी प्रमाणपत्र दिइने जनाईएको छ | आजको नयाँ पत्रिका दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij