२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विराटनगरमा राजस्व अनुसन्धानले मार्याे छापा

विराटनगरमा राजस्व अनुसन्धानले मार्याे छापा

राजस्व अनुसन्धान विभागले  विराटनगरका औद्योगिक एवं व्यापारिक प्रतिष्ठानमा छापा मारेको छ। काठमाडौंबाट खटिएको विशेष टोलीले राजस्व छलेको आशंकामा छापा मारेको हो। तर यस विषयलार्इ विभागले गोप्य राखेको छ।

विभागका उपसचिव खडानन्द गौतमको नेतृत्वमा विराटनगर आएको टोलीले एसियन थाई फूड, न्युट्री फूड्स, स्वदेशी साबुन उद्योग, आनन्द इँटा उद्योग, एसिसी इँटा उद्योग, सेन्चुरी मसला लगायतका औद्योगिक प्रतिष्ठानमा छापा मारेको स्रोतले बतायो।व्यवसायीले विभागको टोलीले आतंकित पारेर कागजपत्र र फाइल लिएर गएको आरोप लगाएका छन्। आतङ्कको शैलीमा आएर तर्साउँदै कागजपत्र र केही फाइल लिएर गएकाे उनीहरूले बताएका छन् ।  राजस्वले कागजपत्र लगेको एक प्रतिष्ठानका सञ्चालकले भने, ‘पहिले त ‘हामीले पुर्जी छ ?’ उनीहरू एउटा औद्योगिक प्रतिष्ठानको नाममा पुर्जी लिएर आएका रहेछन् । त्यस प्रतिष्ठानका खातापाता हामीले देखायौँ । अर्को उद्योगको पनि हिसाब किताब मागेर लगे।
उद्योग सङ्गठन मोरङका पूर्व पदाधिकारीका अनुसार राजस्व अनुसन्धानले पूर्वाञ्चलमा पटक पटक छापा मारेर लगानीकर्तालार्इ निरुत्साहित बनाउने गरेको छ।

तर राजस्व अनुसन्धान विभागका अधिकारीले विराटनगरमा छापा मारेको सूचनाका बारेमा बोल्न चाहेनन्।विराटनगरमा टोलीको नेतृत्व गरेका उपसचिव खडानन्दले सोमबार बिजमाण्डूसित कुरा गर्दै आफूले केही प्रतिष्ठानमा चेकजाँच गरेको तर यसबारे सूचना दिन नमिल्ने बताए ।
उता विभागका महानिर्देशक निर्मलहरि अधिकारीले छापा मारेको बारेमा जानकारी दिन नमिल्ने बताए। महानिर्देशक अधिकारीले भने, ‘ अहिले केही भन्न मिल्दैन।विभागले निर्णय गरिसकेपछि कुन औद्योगिक प्रतिष्ठानसँग कति राजस्व प्राप्त भयो भन्ने जानकारी दिन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij