
मंगलबार बेलुकादेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बेलुका देशका अधिकांश स्थानमा ठूलो हावाहुरीसहित वर्षा भएको छ ।
मौसम विज्ञान विभागका अनुसार तराईका केही क्षेत्रमा हावाहुरी बढी रहेको छ । मौसम विज्ञान विभागका अनुसार यो सामान्य अवस्था हो आत्तिन पर्ने स्थिती छैन ।
देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
त्यस्तै देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित चट्याङ तथा हुरी बतास र असिनासहितको वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij