२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

१०० देखि १२० प्रतिशतले शुल्क वृद्दी गर्ने तयारीमा निजि स्कुलहरु

१०० देखि १२० प्रतिशतले शुल्क वृद्दी गर्ने तयारीमा निजि स्कुलहरु

निजी विद्यालयले आगामी शैक्षिक सत्रदेखि शुल्क वृद्धिको तयारी गरेका छन् । चितवनका हरेक निजी विद्यालयले स्थानीय तहमा शुल्क वृद्धिको प्रस्ताव पेस गरेसँग बढाउने तयारी देखिएको हो ।

स्थानीय तहमा प्रस्ताव भएको शुल्क विवरण हेर्दा १० देखि १२० प्रतिशतसम्म वृद्धि प्रस्ताव पेस भएका छन् । नयाँ शैक्षिक सत्रबाट सबैभन्दा कम एसओएस बालग्रामले १० प्रतिशत र स्मल हेभन स्कुलले १२० प्रतिशत शुल्क वृद्धिको प्रस्ताव राखेका छन् । धेरैजसो विद्यालयको ४० प्रतिशतसम्म शुल्क वृद्धि प्रस्ताव रहेको छ ।

विद्यालयमा धमाधम विद्यार्थी भर्ना गर्ने क्रम चलिरहेका बेला चितवनका निजी विद्यालयले शुल्क बढाएर भर्ना लिन खोजिरहेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन चितवनले अहिलेको महँगीनुसार शुल्क समायोजन गर्नुपर्ने आवाज उठाएको छ । प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईंले तीन वर्षअघि देखि शुल्क वृद्धि नभएको र महँगी बढ्दै गएकाले शुल्क वृद्धि गर्नु आवश्यक रहेको बताए ।

भरतपुर महानगरपालिकामा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण मापदण्ड निर्देशिका बनेको र सोही निर्देशिकानुसार जिल्लाका निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धारणको प्रक्रिया अघि बढेको अध्यक्ष चापागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij