२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बन्दा बन्दै गुल्मीमा पुल भत्कियो

बन्दा बन्दै गुल्मीमा पुल भत्कियो

गुल्मीको मुसिकोट नगरपालिकामा बन्दै गरेको पुल भत्किएको छ। शनिबारदेखि ढलान थालिएको पुल आइतबार ढलान गर्दागर्दै भत्किएको हो।

नगरपालिकाको बडागाउँ र वामीटक्सार बजार जोड्ने पुल भत्किएको हाे । पुल भत्किदा ठेकदारसहित पाँचजना मजदुर घाइते भएका छन्।  प्रदेश ५ सरकारले विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत् उक्त पुल निर्माण गर्न लागिएको हो।

५८ मिटर लामो पुलकोबीच भागमा पिलर उठाइएको छैन। ओभरलोडका कारण पुल भत्किएको हुन सक्ने मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। पुल निर्माणका लागि करिब पाँच करोड बजेट विनियोजन गरिएको साविकको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर  पारस पन्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij