२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकारी डाक्टरलाई बर्दी लाएर आन्दोलन नगर्न संचारमन्त्रीको आग्रह

सरकारी डाक्टरलाई बर्दी लाएर आन्दोलन नगर्न संचारमन्त्रीको आग्रह

समायोजनका क्रममा संघ मातहत राखिनुपर्ने माग गर्दै आन्दोलनमा सरकारी चिकित्सकहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बर्दी लगाएर आन्दोलन नगर्न  भनेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सो कुरा व्यक्त गरेका हुन् |

मन्त्री बाँस्कोटाले स्थानीय तहमा जाने कुरो समायोजनको विषय भएको भन्दै समायोजन गरिछाड्ने बताए । ‘सरकारको मान्यता स्पष्ट छ, जहाँ जनता बस्छन्, त्यहाँ सरकारी सेवा पुग्नु पर्छ । पुर्‍याउनै पर्छ । चाहे त्यो डाक्टरी सेवा होस्, चाहे त्यो इन्जिनियरिङ सेवा होस्, चाहे त्यो कृषिसँग जोडिएको होस्’ उनले भने ।

दरबन्दी, वृत्ति विकास, छात्रवृत्ति र व्यवहारिक समस्या आएमा सरकारले समाधान गर्ने आश्वासन दिँदै सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले हड्ताल गरेर शक्ति प्रदर्शनमा नलाग्न आग्रह गरे । ‘सरकारले आफ्नै बाटो समात्छ, यसलाई शक्ति प्रदर्शनको रुपमा, हामीले जे गरे पनि हुन्छ । नागरिकलाई औषधि उपचार गर्नु पर्ने जस्तो कुरामा पनि हड्ताल गर्ने संस्कार संस्कृतिको विकास गरेर डाक्टरको मर्यादा कायम रहन्छ रहँदैन त्यसतर्फ सोच्न पर्छ’, उनले भने, ‘तथ्यपरक ढंगले आएको कुरालाई सरकारले सम्बोधन गर्छ ।’

जनता भएको ठाउँमा चिकित्सक पुर्‍याउनु सरकारको दायित्व भएको उल्लेख गर्दै यसमा अप्ठ्यारो बनाउन नहुनेमा उनले जोडदिए । चिकित्सकहरुको माग एक, दुई दिनभित्रै वार्ताबाटै टुंगिने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij