२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राप्रपाको रणनीति : कार्यकर्ताले स्थानीय तह र थापाले केन्द्रलाई घेर्ने

राप्रपाको रणनीति : कार्यकर्ताले स्थानीय तह र थापाले केन्द्रलाई घेर्ने

शान्तिपूर्ण जनसंघर्षको घोषणा गरि आन्दोलनमा होमिएको राप्रपाले भोलि चैत २८ गते देशका सबै स्थानीय तहमा १ घण्टा धर्ना दिने भएको छ । हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत २२ बुँदे माग बुझाईसकेको छ ।

राप्रपाले यसअघि काठमाडौंमा सिंहदरबार, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम सम्पन्न गरेको राप्रपाले तीन हप्ता अघि देखि हिन्दु राष्ट्रका लागि हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ । चैत २३ गते सम्पन्न गर्ने भनिएपनि देशैभर माग बढेको भन्दै राप्रपाले हस्ताक्षरको समय थप गर्दै ३० गतेसम्म जारी राख्ने जनाएको छ ।

आफ्ना २२ बुँदे माग पूरा गर्न सरकारलाई दबाब सिर्जना गर्न, मागका पक्षमा जनमत बनाउन तथा स्थानीय तहमा भ्रष्टाचार बढेको र भ्रष्टाचार विकेन्द्रीत हुँदै गएको भन्दै राप्रपाले चैत २८ गते देशैभरका स्थानीय तहमा धर्ना दिन लागेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन् ।

बिहीबार हुने धर्ना कार्यक्रममा अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकामा, वरिष्ठ नेता दिपक बोहराले ललितपुर महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले भक्तपुर नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देनले झापाको भद्रपुर नगरपालिकामा नेतृत्व गर्ने पनि श्रेष्ठले बताए । राप्रपाले अधिकांश स्थानीय तहमा प्रभावकारी धर्ना सञ्चालन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij