२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बारा पर्सामा आएको ‘टोर्नेडो’ चितवनबाट सुरु भएको तथ्य सार्वजनिक

बारा पर्सामा आएको ‘टोर्नेडो’ चितवनबाट सुरु भएको तथ्य सार्वजनिक

हावाहुरी ‘टोर्नेडो’को सांकेतिक तस्बिर

जल तथा मौसम विज्ञान विभागले बारा–पर्सामा ठूलो धनजनको क्षति गराएको हावाहुरी ‘टोर्नाडो’ चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको पुष्टि गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत चैत्र १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’ ले बारा–पर्सामा ठूलो धनजनको क्षति पुगेको पुष्टि भएको जानकारी गराएको हो ।

विभागले सो विनाशकारी हावाहुरी ‘टोर्नाडो’ हो भन्ने अनुमान गरेपछि पुष्टि गर्न चैत्र २० गतेदेखि २४ गतेसम्म वैज्ञानिकहरुको एक टोली स्थलगत अध्ययनका लागि पठाएको थियो । सो स्थलगत अध्ययनको क्रममा लिइएको भिडियो, पाइएको सूचना तथा त्यसलाई अध्ययन गर्न प्रयोग गरिएको प्रविधिले सो विनाशकारी हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको विभागका महानिर्देशक सरदकुमार बैद्यले जानकारी दिए ।

गत चैत्र १७ गते आएको विनाशकारी हावा हुरीमा परी बारा–पर्साका २७ जनाको ज्यान गएको थियो भने सयौं घाईते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij