२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

डाक्टर आन्दोलनमा सरकारी अस्पताल बन्द नीजी धमाधम खुला

डाक्टर आन्दोलनमा सरकारी अस्पताल बन्द नीजी धमाधम खुला

सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित शुक्रबारदेखि सरकारी चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित छन् ।

उनीहरू अवैज्ञानिक र असमान ढंगले समायोजन गरेको, स्थानीय तहमा कनिष्ठ कर्मचारीमातहत राख्ने व्यवस्था गरिएको, चिकित्सकको अध्ययन वृत्ति–विकासमा अप्रत्यक्ष अवरोध गरेको जस्ता कारण देखाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकहरूको छाता संगठन, नेपाल चिकित्सक संघले मंगलबार सरकारी चिकित्सकको समस्याबारे उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग छलफल गरे पनि निष्कर्ष निस्केन । ‘उपप्रधानमन्त्रीले समायोजनको त्रुटि सच्याउन तयार रहेको बताए पनि लिखित रूपमा माग्दा दिन मिल्दैन भन्नुभयो,’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘उहाँले आन्दोलन नछाडे कारबाही हुने चेतावनी दिनुभयो ।’

चिकित्सक संघका पदाधिकारीले समस्या समाधान नखोजी कारबाहीमा गए सबै चिकित्सक आन्दोलित हुने चेतावनी दिए । आठौं र सोभन्दा माथिल्लो तहमा कार्यरत चिकित्सकलाई संघमा पुल दरबन्दी सिर्जना गरी समायोजन गरे समाधान हुन सक्नेसरकारी चिकित्सकहरूको भनाइ छ । कान्तिपुर पत्रिकाबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij