२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हायात होटलमा सरकारी सम्पत्तिको लुटमा राजनीतिक संग्लग्नता

हायात होटलमा सरकारी सम्पत्तिको लुटमा राजनीतिक संग्लग्नता

तारागाउँ रिजेन्सी (हायात) होटलले सरकारी सम्पत्ति हिनामिना गरेको तथ्य लुकाउन राजनीतिक दाउपेज शुरू भएको छ ।

संसदीय समिति एवम् सरकारी छानविन समितिले तारागाउँ रिजेन्सी (हायात) होटलमा सरकारी सम्पत्ति हिनामिना गरेको प्रतिवदेन दिएपछि त्यसलाई तुहाउन राजनीतिक दाउपेज शुरू भएको हो ।

छानविन प्रतिवेदन चुहाउन पहिले नै चलखेल भए पनि त्यो सम्भव नभएपछि प्रतिवेदन कार्यान्वयन नगराउन राजनीतिक पहुँच प्रयोग गर्न थालिएको हो । यस कार्यका लागि सत्तारुढ नेकपाका नेताहरू नै परिचालित भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार तारागाउँ रिजेन्सी (हायात) होटलको सल्लाहकार रहेका नेकपाका नेता एवम् पूर्वसामान्य प्रशासन राज्यमन्त्री जितु गौतम नेपालीले आफ्नो सुत्र प्रयोग गरिरहेको बताइएको छ । नेपालीले शुरूमा छानविन समितिलाई नै प्रभावित गर्न खोजेको भए पनि त्यो सफल नभएपछि प्रतिवेदनलाई रद्दीको टोकरीमा पु¥याउन प्रयास गरेको स्रोतको भनाइ छ ।

उल्लेख गरिएको छ । प्रतिवेदन लेखन गर्दै गर्दा नेता नेपालीले समितिका सदस्यहरूलाई प्रभावित गर्ने प्रयास गरेका थिए । यस विषयान नेता नेपालीलाई नेपाल समाचारपत्रले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

नेपालीले आफूहरुलाई प्रभावित गर्न खोजेको तारागाउँ रिजेन्सी (हायात) होटलमा भएको अनियमितता बारेमा छानविन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिका सदस्यहरुले पनि पुष्टि गरेका छन् । अग्नीप्रसाद सापकोटाको संयोजकत्वमा गठित समितिमा नारादमुनि राना, पुष्पा भूसाल, प्रेमप्रसाद तुलाचन र सानु सिवा सदस्य थिए ।

उक्त समितिले तारागाउँ रिजेन्सी (हायात) होटलमा सरकारी सम्पत्ति हिनामिना भएको ठहर गर्दै सो होटलसँग गरिएको सम्झौता रद्द गरी सरकारको सम्पत्ति फिर्ता ल्याउनुपर्नेसहित १४ बुँदे प्रतिवेदन बुझाएको छ । चार महिना लगाएर गरिएको छानविनपछि समितिको प्रतिवेदनमा तारागाउँ विकास समितिले आव २०५०÷५१ मा तारागाउँ रिजेन्सी होटल्सको साधारण शेयर १७ करोड (१५० रोपनी जग्गाको मूल्य १५ करोड र अन्य भौतिक संरचनाको २ करोड गरी) लगानी गरेको भए पनि आव २०७२÷ ०७३ सम्म उक्त लगानीवापत कुनै प्रतिफल प्राप्त भएको नदेखिएको उल्लेख छ ।

तारागाउँ विकास समितिको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा शरूमा शेयर लगानी ३९.७७ प्रतिशत रहेकोेमा आव २०७१÷७२ मा उक्त होटलको खदु सम्पत्ति १९१ करोडमध्ये तारागाउँ विकास समितिको शेयर लगानी ९.०१ प्रतिशत अर्थात १७.२३ करोड मात्र देखिन्छ । समितिले लगानी गरेको २२ वर्षसम्म पनि कुनै लाभ लिन नसकेको साथै खुद सम्पत्तिमा वृद्धि भएता पनि समितिको शेयर स्वामित्वमा भने क्रमशः कम हुँदै गएको छानविनमा देखिएको छ ।

समितिले तारागाउँ विकास समिति र यसअन्तर्गत नगरकोट, पोखरा र ककननीमा संचालित रिसोर्टको अवस्था नाजकु रहेको र यसमा सरकारको ध्यान नगएको जनाएको छ ।

अनुचित तरिकाले मालपोत ऐन, २०३४ प्रतिकूल हुने गरी तारागाउँ रिजेन्सी होटल्सलाई तारागाउँ विकास समितिले हस्तान्तरण गरी दिएको १५० रोपनी जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याउन सरकारले तत्काल निर्णय गर्नुपर्ने समितिको ठहर छ । आजको नेपालसमाचार पत्र दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij