
भारत संग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाका तीन दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड प्रदेशमा आउँदो (अप्रिल ११ तारिख) चैत २८ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतमा हुने निर्वाचनका वेला सुरक्षालाई ध्यान दिँदै उत्तराखण्ड प्रदेश संग जोडिएका कैलाली–कञ्चनपुर लगायतका सीमानाका तीन दिनका लागि बन्द गर्न लागिएकोे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मोहन वैद्यले जानकारी दिए ।
उनका अनुसार उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागी आउँदो चैत २६ गते राति १२ बजेदेखि २८ गते राति ८÷९ बजे सम्म सीमा नाका बन्द रहने छ । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले चुनावका बेला सीमा नाका बन्द गर्ने सहमती गरेको थियो । कैलालीको सिमा भने उत्तर प्रदेशसंग जोडिएकाले बन्द हुने छैनन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij