
सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति विपरीत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० जनाको जम्बो टोलीलाई सिंगापुर पठाएको छ । आइतबार गएको ३० जनाको जम्बो टोलीमा मन्त्रालयको विपद ब्यवस्थापन शाखाका प्रमुख चुडामणि भण्डारी, नर्सिङका निर्देशक रोशनी तुईतुईसहित ३० जना विपत ब्यवस्थापनको कार्यक्रममा गएका हुन् । २८ जना अस्पतालहरुका मेडिकल सुपरिटेन्डेन्ट छन्
सिंगापुरमा एक साता घुम्न पाउने भएपछि त्यहाँबाट आएको भत्ताको रकम सबै चुडामणि भण्डारीमार्फत् सचिव चौधरीलाई अग्रिम दिनेहरुलाई मात्र भ्रमण टोलीमा सामेल गरिएको स्रोतले बताएको छ । एक साता सिंगापुर भ्रमण गर्न पाउने भएपछि कर्मचारीले पाउने भत्ता सबै बुझाएर पनि गएका छन् । स्रोतका अनुसार सिंगापुर भ्रमणमा न्यूनतम ५० हजारदेखि १ लाख रुपैयाँसम्म घुस दिनेहरुमात्र परेका छन् । घुस संकलकको काम भण्डारीले गरेका छन् । सचिवले पछिल्लो समयमा भण्डारीलाई प्रयोग गरी अर्थ संकलन अभियान सुरु गरेकी छन् ।
स्वास्थ्य मन्त्रालयबाट मासिक १ सय जना कर्मचारी विभिन्न कार्यक्रमका बहानामा विदेश जाने गरेका छन् । ती कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्दा सचिव चौधरीले दररेट तय गरी बिचौलियामार्फत्. संकलन गर्ने गरेको आरोप छ । पछिल्लो समय सचिव चौधरीका बिचौलिया चुडामणि भण्डारी पनि थपिएका छन् । मुद्दा हाल्दा पनि ११ औं तहमा बढुवा हुन नसकेपछि अहिले भण्डारी मन्त्रालयमा सचिवका विश्वासिला संकलक भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij