२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हावाहुरी प्रभावित घर सरकारले बनाईदिने

हावाहुरी प्रभावित घर सरकारले बनाईदिने

आइतबार राती बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितको घर को निर्माण कार्यमा सरकारले सघाउने भएको छ  । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको हो ।

सरकारले प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय समेत गरेको छ। घर वर्षायाम अघि नै बनाइने सरकारको तयारी छ । घरको मोडालिटी जनता आवास कार्यक्रमको जस्तो हुनेछ ।

यस्तै आवास पुनर्निर्माणको कामको सहजीकरण प्रदेश नम्बर २ का प्रमुख सचिवले गर्ने छन् भने जसमा सहरी विकास मन्त्रालय र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका प्रतिनिधि सदस्य रहनेछन् ।

हावाहुरीबाट आँधीबाट बारा र पर्सामा २ हजार ४ सय चार घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij