२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल बार एशाेसिएशनको अध्यक्षमा बामपन्थी प्रगतिशीलका चण्डेश्वर श्रेष्ठ विजयी

नेपाल बार एशाेसिएशनको अध्यक्षमा बामपन्थी प्रगतिशीलका चण्डेश्वर श्रेष्ठ विजयी

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशाेसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । उनी वामपन्थी प्रगतिशील समूहका तर्फबाट उम्मेदवार बनेका थिए ।

लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई हराउँदै श्रेष्ठ निर्वाचित भएका हुन् । मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन । केहीबेरपछि औपचारिक रुपमा नतिजा सार्वजनिक गर्ने समितिको तयारी छ ।

श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरी विजय भए भने पोखरेलले ३ हजार २७ मत पाए ।

स्रोतका अुनसार अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर, महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।

पौडेल ३ हजार २ सय ७ मत ल्याएर विजयी भए भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij