२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भिजिट भिषामा विदेश पठाउन लाग्दै गर्दा एक महिला काठमाण्डौबाट पक्राउ

भिजिट भिषामा विदेश पठाउन लाग्दै गर्दा एक महिला काठमाण्डौबाट पक्राउ

वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं- २६ सामाखुसी बस्ने भोजपुर हतुवागढी गाउँपालिका(९ की ३४ वर्षीया बिमला थापा रहेकी छिन् । उनले भिजिट भिषामा विदेश पठाउन लाग्दै गर्दा पक्राउ परेकी जनाईएको छ |

उनलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट सोमबार पक्राउ गरेको हो ।
काठमाडौंको पिंगलास्थानस्थित कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्ने बिमलाले धनुषा मिथिला बिहारी नगरपालिका(२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij