२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वंशजको आधारमा नागरिकता दिन गृह मन्त्रालयको निर्देशन

वंशजको आधारमा नागरिकता दिन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै कार्यविधि अपनाएर वंशजको आधारमा नागरिकता दिन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रिस्तरिय निर्णय वाट मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो परिपत्र गरेको हो ।

गृहले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो वावु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरि नागरिकता पाउनका लागि निवेदन दिएमा विद्यमान कार्यविधि अपनाएर सोही अनुसार नागरिकता दिन निर्देशन गरिएको हो ।  गृहले यस सम्वन्धमा आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालय र सातै प्रदेश सरकारलाई समेत आग्रह सहितको पत्र पठाएको छ । आजको राजधानी दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij