२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

थाईल्याण्डमा ठगी गर्न सक्रिय एक नेपाली युवा पक्राउ

थाईल्याण्डमा ठगी गर्न सक्रिय एक नेपाली युवा पक्राउ

 

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ थाइल्याण्डमा पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिई करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका उनलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गुरुङले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देशमा पठाइदिने प्रलोभन दिँदै विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो । फरार रहँदै आएकाे उनीमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो । उनलाई थाइल्याण्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थाइल्याण्डमा अवैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानूनीरुपमा बसेको अपराधमा समेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान र कारवाही भइरहेको जनाइएको छ । नेपाल र थाइल्याण्डको वर्तमान कानून तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारवाही अघि बढाइने जनाइएको छ । आजको नयाँपत्रिकाबाट !

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij