२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मन्त्रीको कार्यक्रममा दलितलाई निषेध

मन्त्रीको कार्यक्रममा दलितलाई निषेध

बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ ।

बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार शुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

महाययज्ञको तयारीका काममा भने दलितहरू खटेका थिए । मण्डप बनाउने, सफा गर्ने काम दलितले पनि गरेका थिए ।

उनीहरूले प्रतिघर एक हजारका दरले चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरूलाई बस्न नदिइएको स्थानीय राजेश चमारले बताए ।

महायज्ञ आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनको दिन आफूहरूलाई पूजामा बस्न नदिएको चमाले बताए । आजको नयाँ पत्रिका दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij