२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आईपीएल २०१९ : हिजोको खेलमा मुम्बई भर्सेज बेंगलोर

आईपीएल २०१९ : हिजोको खेलमा मुम्बई भर्सेज बेंगलोर

सन् २०१९ को आईपिएलमा मुम्बई इन्डियन्सलले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । मुम्बईको यो पहिलो जित हो ।

बिहिबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाए । सूर्यकुमार यादवले ३८, हार्दिक पान्ड्यले ३२ र क्विन्टन डीकक र युवराज सिंहले समान २३ रन बनाए । बलिङमा बैंगलोरका युजभेन्द्र चाहलले चार विकेट लिए । मोहमद सिराज र उमेश यादवले समान दुई दुई विकेट लिएका थिए ।

एक सय ८८ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले निर्धाीरत २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८१ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि एवी डि भिलियर्सले अविजित ७० रन बनाए । विराट कोहलीले ४६, पार्थिभ पटेलले ३१ र मोइन अलीले १३ रन बनाए । बलिङमा मुम्बइका जसप्रित बुम्‍राहले तीन तथा मयंक मार्कन्डेले एक विकेट लिएका थिए

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij