२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पूर्व मन्त्री एवम राजपा नेता टक्लालाई जन्मकैदको फैसला

पूर्व मन्त्री एवम राजपा नेता टक्लालाई जन्मकैदको फैसला

जनकपुरमा ६ बर्ष अघि भएको बम काण्डका दोषी भनिएका पूर्व राज्यमन्त्री एवम राजपाका अर्का नेता संजय साह टक्लालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश राजेशकुमार कटुवालको इजलासले टक्लासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

टक्ला ५ वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । उनी नख्खु कारागारमा छन् । जनकपुरको रामानन्द चौकमा भएको बम काण्डमा परी ५ जनाको हत्या तथा करिब ४० जना घाईते भएका मुद्दा र जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामा पनि टक्लालाई दोषी ठानिएको थियो ।

टक्ला त्यसबेला राजेन्द्र महतोको पार्टी सद्भावनामा आवद्ध थिए । उक्त पार्टी एकीकरण भई बनेको राजपामा पनि उनका लागि पद र जिम्मेवारी छुट्याइएको थियो ।

केही साता अघिमात्र राजपाका सांसद रेशमलाल चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij