२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एसईई परीक्षा : चिट चोरे मात्र पास !

एसईई परीक्षा : चिट चोरे मात्र पास !

विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाट सोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्ने अभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी छ |

प्रदेश २ का ८ जिल्लाबाट ७२ हजार ४९ विद्यार्थी यस वर्षको एसईईमा सहभागी छन् । धनुषामा सबभन्दा बढी ११ हजार १ सय ८८ विद्यार्थी सहभागी छन् । धनुषाको फुलगामामा रहेको गिरिजा मावि केन्द्रमा सरकारी अनुगमन टोली पुग्दा अनौठो दृश्य देखियो । परीक्षार्थी बेन्चमै गेसपेपर राखेर उत्तरपुस्तिमा सार्दै थिए । परीक्षा कोठाबाट सुरक्षाकर्मीले चिटको चाङ बरामद गरे । सबैजसो परीक्षार्थीले लुकाएको चिट खोस्दा थुप्रो लाग्यो । आजको कान्तिपुर दैनिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij