
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय डोल्पाका ११ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरुलाई एक करोड अठचालिस लाख उनान्असी हजार छ सय असी रुपैयाँ ठगी गरेको भन्दै विशेष अदालत, काठमाडौँमा सोमबार मुद्दा दायर गरेको हो ।
उनीहरुले स्थानीय जग्गा धनी र जडीबुटीका ठेकेदारहरुसँगको मिलेमतोमा सो रकम ठगी गरेको खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij