२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेकपा विप्लवका भेरी कर्णाली ईन्चार्ज बम सहित पक्राउ!

नेकपा विप्लवका भेरी कर्णाली ईन्चार्ज बम सहित पक्राउ!

सरकारद्वारा प्रतिबन्ध लगाईएको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज धनराज शाही कालिकोटबाट पक्राउ भएका छन् |

कालिकोटको रातागामबाट सोमबार विहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ|  शाही विप्लव समूहको कालिकोट जिल्ला जनसरकार प्रमुखसमेत हुन् । उनको साथबाट प्रहरीले जिलेटिन र बम बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

‘कालिकोटमा एक घरमा बसिरहेको ठाउँबाट पक्राउ परेका हुन्, केही मान्छे भाग्न सफल भए’ इन्सपेक्टर बस्नेतले भने ।  शाही आफ्नो घरदेखि धेरै टाढाको गाउँमा पक्राउ परेका हुन् । शाहीसहितको टोली कुनै योजना साथ त्यहाँ बसेको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij