२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेकपाका ओली विरुद्द संगठित अपराधको मुद्दा दायर

नेकपाका ओली विरुद्द संगठित अपराधको मुद्दा दायर

सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लवका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली’सुदर्शन’ विरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ ।

जिल्ला अदालत ललितपुरका न्याधिस चुडामणि खड्काको ईजलासले वली सहित अरु ९ जना विरुद्द संगठित अपराध मुद्दा लगाएको छ |

प्रहरीले वलीलाई ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालयमा १० फागुनमा भएको शक्तिशाली विष्फोटको योजनाकार मानेको छ । घटनालगत्तै उनले सञ्चारमाध्यमहरुसँग कुरा गर्दैै घटनाको जिम्मेवारी लिएका थिए ।

त्यसैले प्रहरीले उनीविरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाउनेछ ।

उनीसँगै पक्राउ परेका अन्यमा पूर्वी ताम्सालिङका इन्चार्ज विजय श्रेष्ठ, रौतहट इन्चार्ज शंकर अधिकारी, नेता रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्काविरुद्ध पनि अनुसन्धानका लागि प्रहरीले म्याद थप गरेको छ । उनीहरुको हकमा भने राज्यविरुद्धको कसुर लगायतका मुद्दा चलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij