२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निर्मला बलात्कार हत्याकाण्ड : निलम्बित एसपी बिष्ट संग १० लाख धरौटी माग

निर्मला बलात्कार हत्याकाण्ड : निलम्बित एसपी बिष्ट संग १० लाख धरौटी माग

कंचनपुरकि बालिका निर्मला पन्तको बलात्कार अनि हत्या प्रकरणबाट विवादमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले साढे १० लाख धरौटी माग गर्दै विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गएको साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको बलात्कार गरि हत्या गरिएको अवस्थामा ११ गते उखुबारीमा शव भेटिएको थियो ।

घटना भएको लामो समयसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । तत्कालीन् प्रहरी प्रमुख विष्टले प्रमाण जोगाउन नसकेको, अनुसन्धानमा लापरवाही गरेको, निर्दाेष व्यक्तिलाई आरोप स्वीकार्न बाध्य पारेको, हिरासतमा कुटपिट गरेको लगायतका आरोप लगाइएको थियो । उनलाई गृहमन्त्रालयले निलम्बन गरिसकेको छ ।

विष्टविरुद्ध केहीदिन अघि निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टले मुद्धा दायर गरेका थिए । दिलिपलाई प्रहरीले घटनाका मुख्य दोषी भनी सार्वजनिक गरेको थियो । तर, उनको डीएनए नमिलेपछि अदालतको आदेशमा दिलिप रिहा भएका थिए ।

निर्मला बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका दिलिपसिंह बिष्टलाई एसपी बिष्टले हिरासतमा यातना दिएको भन्दै परेको मुद्दामा ६ लाख र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा साढे ४ लाख धरौटी माग गरिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले आइतबार दुबै मुद्दामा छुट्टाटुट्टै धरौटी रकम मागेको हो। बिष्टलाई साढे १० लाख बुझाए तारेखमा छोड्न र नबुझाए थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको स्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

कञ्चनपुरका तत्कालिन  प्रहरी प्रमुख बिष्ट र सिआइबीका डिएसपी अंगुर जिसीसहित ८ प्रहरी अधिकारीविरूद्ध प्रमाण नष्ट गरेको र दिलिप सिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।

जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि ६ प्रहरी ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij