
आइतबारबाट यो वर्षको एसइई परीक्षा शुरु भएको छ । परीक्षामा ४ लाख ७५ हजार ३ परीक्षार्थीले सहभागिता जनाउँदै छन । प्रदेश सरकारको व्यवस्थापनमा सय पटकको परीक्षा हुन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले परीक्षा व्यवस्थापनको सम्पुर्ण काम प्रदेश सरकारले गर्ने जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्षका ५ हजार ८ सय ८३ र नया कोर्षका ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।
परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट विद्यार्थी सहभागि हुदैछन । प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ परीक्षर्थी सहभागि हुदैछन् । सबैभन्दा कम प्रदेश ६ मा छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थीले परीक्षा दिदैछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij