२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काभ्रेबाट पक्राउ भएका विप्लवका नेताहरु काठमाण्डौ ललितपुर बम काण्डमा संग्लग्न

काभ्रेबाट पक्राउ भएका विप्लवका नेताहरु काठमाण्डौ ललितपुर बम काण्डमा संग्लग्न

प्रतिबन्धित नेकपा विप्लवका नेता कार्यकर्ता काभ्रेबाट पक्राउ परे पश्चात उनीहरु ललितपुर र काठमाण्डौको बम काण्डमा सक्रिय रहेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ|

प्रहरीको विशेष अपरेशनले शनिबार बिहान ‘विप्लव’ नेतृत्व नेकपाका मध्यमाञ्चल कमाण्डर हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौँ जनालाई पक्राउ गरेकाे थिए । उनीहरुमध्ये केहीलाई महानगरीय प्रहरी परिसर ललितपुर र केहीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये चार जना भैंसेपाटी र बसुन्धरामा भएको बम विस्फोटमा प्रत्यक्ष संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गत १० फागुनमा भैसेपाटीमा रहेकाे एनसेल टावरअगाडि भएको विस्फोटमा ४९ वर्षीय प्रताप गुरुङकाे मृत्यु भएकाे थियाे भने, २६ वर्षीय प्रतीक्षा खड्का र २५ वर्षीय उरुषा मानन्धर गम्भीर घाइते भएका थिए । त्यस्तै गत २४ फागुनमा बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घर शक्तिशाली बम विस्फोट भएको थियो । साे विस्फाेटमा कुनै मानवीय क्षति भएको थिएन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले पक्राउ परेकामध्ये चार जना दुवै विस्फोटमा प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेको बताए । उनीहरुलाई सम्बन्धित परिसरमै राखेर अनुसन्धान गरिरहेकाे उनले बताए ।

एसएसपी सुवेदीलेभने,‘पक्राउ परेका विप्लव समूहका नौँ कार्यकर्तामाथि विशेष तवरले अनुसन्धान भइरहेको छ, अनुसन्धानबाट चार जना भैंसेपाटी र बसुन्धारामा भएको विस्फोटमा संलग्न भएको खुलेको हाे, घटनाको थप विवरण थप अनुसन्धानपछि मात्रै खुल्ला ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij