२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चलचित्र विकास बोर्डमा भट्टराई

चलचित्र विकास बोर्डमा भट्टराई

सरकारले चलचित्र निर्माता तथा अभिनेता केशव भट्टराईलाई नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको जानकारी दिए।

निकिता पौडेलले माघ २२ गते बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

‘पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु’, भट्टराईले भने, ‘सम्पूर्ण फिल्मकर्मीको साथले बोर्ड अध्यक्षमा नियुक्त भएँ । फिल्म क्षेत्रको हित गर्ने काम गर्न कटिवद्ध भएर लाग्नेछु ।

उनले शुक्रबार कार्यभार ग्रहण गर्नेछन् । केशवले निर्माण गरेको चलचित्र यात्रा चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij