२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विप्लव जिल्ला अध्यक्ष प्रचण्ड-ओली नेकपामा प्रवेश

विप्लव जिल्ला अध्यक्ष प्रचण्ड-ओली नेकपामा प्रवेश

नेक्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा लमजुङ जिल्ला संगठन कमिटिका सदस्य रहेका टेकबहादुर तारा सत्तापार्टी नेपाल कम्युनिष्ट पार्टीमा फर्किएका छन् । उनलाई नेकपा बेंसीसहर नगरपालिका वडा नं. ६ संयन्त्रले सारिङमा शनिबार एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराएका थिए ।

उनी लमजुङमा कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक थिए । तर पछिल्लो समय बिप्लव नेतृत्वको पाटीमा आवद्ध थिए । तत्कालीन पार्टी अध्यक्ष प्रचण्डसंग मतभेद भएपछि २०७१ सालमा मोहन बैद्य, रामबहादुर थापा, नेक्रविक्रम चन्द, सीपी गजुरेलसंगै छुट्टिएका उनी पछिल्लो समय बिप्लव नेतृत्वको नेकपामा संगठित भई सक्रिय भएर लागेका थिए । उनले आफू आवद्ध पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको घोषणा गरे ।

उनी २०५३ देखि तत्कालीन नेकपा माओवादीमा आवद्ध थिए । उनी नेकपा प्रवेश गरेपछि स्थानीयले खदा, टोपी लगाइदिनुका साथै अबिरजात्रा गरेका थिए । उनले ‘आफू जुन गाडीमा चढ्यो, त्यही गाडी पन्चर’ मात्रै हुने गरेको भन्दै पुरानै आफ्नो घर फर्किएको बताए । आफ्नो छरछिमेक, इष्टमित्र, आफन्त र परिवारबाट टाढा रहन नसक्ने बताउँदै उनले भने, बरु कुनै पद नचाहिने र अभिभावक भएर बस्न तयार छु |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij