
सूचना प्रविधि व्यवस्थापन सम्बन्धि विधयेक मार्फत सामाजिक संजालमाथि नियन्त्रण गर्न सरकारले आवश्यक कदम चालेको सुचना प्रविधि एवम सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन | संसार डिजिटल संसारमा पुगेको बताउंदै सबै खाले कार्यलय संचार र प्रविधि मैत्री बनाउने सोच सरकारको रहेको जनाएको छ |
संसारमा प्रविधिको प्रयोगसँगै त्यसले चुनौती पनि थपेकाले प्रविधिको प्रयोग गरेर हेप्ने, थिच्ने, मानहानी गर्ने यस्तोलाई निरुत्साहित गर्न सरकारले साइबर बुलिङसम्बन्धी स्पष्ट व्यवस्था गरेको पनि बताएका छन् । स्वतन्त्रताको अंकुशसँग जोडिएको विषय होइन । व्यक्तिको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताएका छन् |
साइबर अपराध निरुत्साहित गर्ने हिसाबले यो विधेयकमहत्वपूर्ण रहेको जनाएकाछन् । विद्युतीय माध्यमबाट हुने अश्लील सामग्रीको प्रवर्द्धनमा रोक लगाउने विषय को साथै साइबर सुरक्षाको विषय उल्लेख गरिएको बताएका छन् |
सामाजिक संजाललाई कर प्रणालीमा ल्याउन एसो गरिएको पनि सरकारका प्रवक्ताले बताए |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij