२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सिके राउतको कार्यक्रम ‘सयौं थुंगा फुल्का हामी …..’ बाट सुरु !

सिके राउतको कार्यक्रम ‘सयौं थुंगा फुल्का हामी …..’ बाट सुरु !

स्वन्तन्त्र मधेसको मुद्दा बोकेर हिडेका सिके राउतले पछिल्लो हप्ता सरकारसंग ११ बुदे राजनीतिक समझदारी गरेपछि फेरी मधेसमा फर्किएका थिए | मधेसमा फर्के लगत्तै सक्रिय राजनीतिक क्रियाकलापमा संग्लग्न सिके राउत र उनका समर्थकले मधेस देश एसियामा छुट्टै देशको रुपमा रहेको प्ले कार्ड र ब्यानर सहित स्वागत प्रदर्शन कार्यक्रम थिए |

स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषदको बैठक सिरहाको लहानमा आईतबार दिउसो सुरु हुँदा भने कार्यक्रमको रंग बेग्लै भएको पाईएको छ |

रातो साडीमा सजिएका पन्चकन्याहरु द्वारा सुरु भएको सो बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी…’ बोलको नेपाली राष्ट्रिय गान संगै संयुक्त रुपमा उद्घाटन गरिएको थियो |

सिरहाको लहानमा आइतवार अपरान्ह शुरु भएको दुई दिने बैठकका सहभागीहरुलाई नेपाली नागरिकता देखाउन अनिवार्य गरिएको छ ।

नेपाली नागरिकता प्रमाणपत्र देखाएर मात्रै बैठक हलमा प्रवेश गराइएको पनि जनाईएको छ |

डा. सिके राउतले स्वतन्त्र मधेसको एजेण्डा नछाडेको भनेर आलोचना भइरहेका बेला बैठकमा राष्ट्रिय गान र नागरिकता अनिवार्य गरेर पृथकतावादी अभियान त्यागेको सन्देश दिन खोजिएको स्रोतले जनाएको छ ।कार्यक्रम दुई दिन सम्म चल्ने जनाईएको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij