२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

श्रीमतीको उपचारको लागि प्रचण्ड अमेरिका तिर

श्रीमतीको उपचारको लागि प्रचण्ड अमेरिका तिर

११ वर्ष पछि प्रचण्ड अमेरिका जान पाए

 

पत्नी सिता दाहालको उपचार गर्न भन्दै नेकपा अध्यक्ष प्रचण्ड अमेरिका तिर लागेका छन् | आइतबार पत्नी सहित छोरीज्वाइ समेत अमेरिका जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रचण्ड दम्पतिसँगै छोरीज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन्। सीतालाई वंशाणुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन्।

दाहाल दम्पतिका छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए। आइतबार अमेरिका जाने निश्चित भएपनि स्वदेश फर्किने मिति भने तय भएको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij