
चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको विभिन्न भागमा सर्भिस ट्र्याक निर्माणको काम अझैसम्म सम्पन्न हुन सकेको छैन।
उक्त खण्डको १० दशमलव ३९ किलोमिटर खण्डको सर्भिस ट्र्याकबाहेकको सडक, तीनवटा आकाशे पुल र कलंकीमा अन्डर पास निर्माण सम्पन्न गरी नेपाल सरकारलाई चीन सरकारले हस्तान्तरण गरिसकेको छ।
पछिल्लो संशोधित सम्झौताअनुसार सडकको मुख्य काम चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न गर्नुपर्ने थियो भने सर्भिस ट्र्याक नेपालले निर्माण गर्नुपर्ने थियो।
त्यहीअनुसार सडक विभागले कामसमेत अघि बढाइसकेको छ तर अझैसम्म पनि उक्त काम सम्पन्न हुन सकेको छैन। कुनै खण्डमा बजेट अभाव देखिएको छ। बजेट अभावले नै त्यस खण्डमा ठेक्कासमेत लागेको छैन भने कुनैमा अदालतको अन्तरिम आदेशले काम रोकिएको छ। आजको नेपाल समाचरपात्र दैनिकमा समाचर छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij