
व्यापक आर्थिक अनियमिततामा मुछिएका धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदमुक्त गरिएको छ |
स्वास्थ्य मन्त्री एवम प्रतिष्ठानका सहकुलपति रहेका उपेन्द्र यादवको सिफारिसमा रौनियारलाई पदमुक्त गराईएको हो |
रौनियारमाथि पटक पटक अनियमितताबारे स्वास्थ्य मन्त्रालयसहित अख्तियारको इटहरी स्थित कार्यालयमा समेत उजुरी परेको गुनासोका आधारमा आवश्यक कारवाहीका लागि सिफारिस गरिएको स्वास्थ्यमन्त्रालय स्रोतले बताएको थियो । यस्तै विभिन्न समितिका सिफारिसका आधारमा समेत रौनीयारलाई कारवाही सिफारिस गरिएको थियो । उनीमाथी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस समेत गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij