२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जलजला गाउँपालिकाले आफ्नै प्रहरी बनाउने

जलजला गाउँपालिकाले आफ्नै प्रहरी बनाउने

जलजला गाउँपालिकाले नगर प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले प्रहरी भर्र्नासम्बन्धी नियमावली बनाउने निर्णय गरेको हो । गाउँपालिकामा शान्ति–सुरक्षा तथा प्राकृतिक स्रोत संरक्षणका लागि आफ्नै प्रहरी भर्ना गर्ने उद्देश्यले नियमावली बनाउने निर्णय भएको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।

‘गाउँपालिकाको काममा जनपद प्रहरीबाट असहयोग भयो’ अध्यक्ष मल्लले भने, ‘आफ्नै प्रहरी आवश्यक देखिएकाले नियमावली मस्यौदा गर्न लागेका हौँ ।’ गाउँपालिका कार्यालयको सुरक्षा र प्राकृतिक स्रोतको संरक्षणमा चुनौती थपिए पनि जनपद प्रहरीले असहयोग गरेको आरोप अध्यक्ष मल्लले लगाए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij