
रेड पाण्डाको चोरी सिकारी तथा अवैध व्यापारको घटना बढ्न थालेपछि रोकथामका लागी रुकुममा सचेतनामुलक अभियान थालिएको छ । दुर्लभ बन्यजस्तु रेडपाण्डाको अवैध व्यापार बढीरहेको र चोरी सिकारी बढ्न थालेकोले रेडपाण्डा संरक्षणका लागी सरोकारवाला निकायले सचेतना अभियान थालेका हुन् । । रेडपाण्डा लगाएतका दुर्लभ बन्यजस्तुको चोरी सिकारी हुन नदिन वन तथा वन्यजस्तुसँग सम्बन्धीत निकायले संरक्षणका लागी अभियान थालेका छन् ।
रुकुम पश्चिममा गत महिना मात्र रेडपाण्डाको छाला सहित प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका र आठबिसकोट नगरपालिका तथा रुकुम पुर्वको पुथाउत्तर गंगा गाँउपालिका र सिस्ने गाँउपालिका रेडपाण्डा पाइने क्षेत्र भएकोले सो ठाँउमा संरक्षणका लागी अभियानात्मक कार्यक्रम हुने भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij