२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘फर्गीभ एण्ड फर्गेट’को नीति अनुसार शान्ति सम्झौतालाई निष्कर्ष दिनु पर्छ : डा. भट्टराई

‘फर्गीभ एण्ड फर्गेट’को नीति अनुसार शान्ति सम्झौतालाई निष्कर्ष दिनु पर्छ : डा. भट्टराई

पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराई द्वन्द्वकालीन घटनामा कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले कसैलाई दण्डित गर्नुपर्छ भने माओवादीले बनाएको समानान्तर सरकार संयुक्त राष्ट्रिय जनपरिषद्को प्रमुखको नाताले आफूलाई दण्डित गर्न चुनौती दिएका हुन् ।

भट्टराईले अहिले पनि रिस बाँकी रहेको भए दण्डित गर्न आग्रह गर्दै आफू दण्ड व्यहोर्न तयार रहेको बताए । उनले सशस्त्र द्वन्द्वकालीन घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने पनि बताए ।

भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताएका हुन् । ‘दुनियाँ कराउँदै गर्छ तर, हाम्रो शान्ति प्रक्रिया आफैं ढंगको हो’, भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij