
पेट्रोल र डिजल लिएर आएका भारतीय ट्याङ्करमा पानी र लेदोको मिसावट भेटिएको छ । भारतीय आयल कर्पोरेशन (IOC) को रक्सौल डिपोबाट नेपालको लागि ल्याईएको नेपाल आयल निगमले जनाएको छ ।
आईओसीबाट तेल भरेर आएका प्रत्येकजसो ट्याङ्कीमा पानी र लेदोको मात्रा अत्यधिक पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले अनुगमन गर्दा पनि तेलमा पानी र लेदो मिसिएको निष्कर्ष निकालेको छ ।
प्राविधिक परीक्षणका लागि टोलीले तीन/तीन वटा छुट्टा छुट्टै बोतलमा सिल लगाएर डिजल र पेट्रोलको सेम्पल लिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij