२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

युएईले जित्यो टस, नेपालले पहिले ब्याटिंग गर्ने

युएईले जित्यो टस, नेपालले पहिले ब्याटिंग गर्ने

युएई संगको टि-२० सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ | युएईले जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो ।

आजको खेलमा पनि नेपाली टोलिले अर्को अभ्यास गर्दैछ | बलिंग र ब्याटिंग लाईनमा परिवर्तन गर्दै आएको नेपालले आज भने टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममामौका पाएका छन् ।

पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपालले आज भने जित्ने लक्ष्य सहित खेल्ने सोचमा रहेको छ | 

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २-१ ले पराजित गरेको नेपाल टी-ट्वान्टी क्रिकेट सिरिजमा भने १-० ले पछि परेको छ । आजको खेलमा जिते नेपालले सिरिज १-१ को बराबरीमा पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij