
केहि समय अगि मात्र नेपाल आएर नेपाली युवा क्रिकेटरहरुलाई विभिन्न ट्रेनिङ दिएका विश्व प्रसिद्द अफ्रिकी क्रिकेटर जोंटी रोड्स पुन: नेपाल आउने भएका हुन् |
जोंटी रोड्सलाई पुन: नेपाल ल्याउनुमा आगमी माघ २६ गते देखि धनगढीमा संचालन हुने धनगढ़ी प्रिमियर लिगको तेस्रो संस्करणले साईत जुराएको हो |
मंगलबार धनगढी क्रिकेट एकेडमीका प्रमुख सुवास शाहीले प्रेस विज्ञप्ति जारी गर्दै जोंटी रोड्सलाई डिपिएल-३ को लागि गुडविल एम्बासडरको रुपमा नियुक्ति गरिएको घोषणा गरेका हुन् |
विश्व क्रिकेट ईतिहासमा फिल्डिङको कारण छुट्टै पहिचान बनाएका रोड्सले दक्षिणी अफ्रिकी राष्ट्रिय क्रिकेट टोलीको लागि ५२ टेष्ट र २४५ ओटा वान डे खेलेका थिए |
रोड्स डिपिएल समयावधिभर धनगढीमै रहने जारी विज्ञप्तिमा जनाईएको छ | रोड्स यस अगी पनि एक संस्थाको निमन्त्रणामा काठमाण्डौ आएर क्रिकेट प्रशिक्षण समेत दिएका थिए |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij