२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सचिन र अफ्रिदिको रेकर्ड तोड्ने देखि लिएर नेपालको पहिलो शृंखला कब्जासम्म : जे चर्चामा रहन पुगे शृंखला अवधि भर

सचिन र अफ्रिदिको रेकर्ड तोड्ने देखि लिएर नेपालको पहिलो शृंखला कब्जासम्म : जे चर्चामा रहन पुगे शृंखला अवधि भर

अधिकांश घरेलु टि २० लिगमा देखाएको प्रदर्शनको आधारमा अधिकांश युवा टोलि बोकेर युएई युएई गएको नेपाली क्रिकेट टोली अहिले युएईमा व्यस्त रहिरहँदा नेपाली क्रिकेट नेपाल र विश्व क्रिकेट भर प्रशंसा र चर्चाको विषय बन्न पुग्यो |

जनवरी २५ देखि संयुक्त अरब ईमिरेट्स स्थित आईसीसीको एकेडेमी ओभलमा चलेको नेपाल र युएई बिचको तिन ओटा गेमको एकदिवसीय शृंखलामा नेपालले २-१ को प्रभावशाली जित निकाल्दै फेरी एकपटक सबै नेपालीमा खुसी र विश्व क्रिकेटमा आफु पनि क्रिकेटको शक्ति राष्ट्र बन्न सक्ने सम्भावना देखायो |

के कारण थियो युएई र नेपाल बीचको शृंखला आयोजना सम्भव हुनुमा ?

नेपाली क्रिकेटले जन्माएको सर्वाधिक चर्चाको खेलाडी भनेको को भनेर कसैले प्रश्न गर्यो भने सबैको एउटै जवाफ हुन्छ – सन्दिप लामिछाने | सानै उमेरमा राष्ट्रिय टिममा स्थान बनाएर विश्व क्रिकेटमा क्रिशोरावास्थामै राज गर्न सफल सन्दिप लामिछानेलाई हिजो कै दिन याने नेपालले युएईमा युएई विरुद्द नै वान डे शृंखला कब्जा गरेकै दिनको ठिक वर्ष एक वर्ष अगाडी आईपिएलको दिल्ली डेयरदेभिल्सले आफ्नो टिममा राखेको थियो |

नेपालले गत मार्चमा जिम्बाबेवमा वान डे विश्व कप छनोटमा राम्रो खेल पस्कदै आफु एकदिवशीय राष्ट्र बन्न लायक भनेर प्रमाण पेस गरे संगै नेपालले त्यस यता नेदरल्याण्डको घरेलु मैदानमा र मलेसियामा गरि तिन ओटा वान डे अन्तरराष्ट्रिय खेल खेलिसकेको छ |

नेपालको क्रिकेट हेर्ने सर्वोच्च निकाय क्यान प्रतिबन्धित अवस्थामा नेपाली क्रिकेट टोलिमा कप्तान पारस एवम कोच एवम केहि क्रिकेट प्रति विशेष ख्याल राख्ने नेपाली क्रिकेट सम्बन्धित व्यक्तित्वले युएई संग वान डे र टि २० को शिरिज खेल्ने प्रस्ताव गरे संगै आईसीसी बाट उक्त प्रस्ताव अनुमोदन भई युएई संग खेल्ने मौका मिलेको थियो |

पछिल्लो क्रममा विश्व भरका सबै जसो टि २० लिगमा आफ्नो खेल प्रस्तुत गर्न भ्याईसकेका सन्दिप लामिछाने एउटा मुख्य कारण थियो युएईले नेपाल संग शृंखला खेल्न राजी हुनुमा |

सन्दिप एउटा कारण संगै नेपालको लागि युएई सधैं नै घरवाहिरको दोस्रो ‘होम ग्राउण्ड’ रहन पुग्यो |चाहे टि २० को वर्ल्ड कप खेल्ने ढोका दुबईबाट नै ढकढकाएर होस् या सन्दिप लामिछाने दिल्ली संग अनुबन्धित हुने बेला नेपाली टिम त्यहाँको स्थानिय क्लब संग तयारीमा रहेको बेला सबै नेपाली उत्साहित हुने बेला | युएई एउटा संयोग नै रहन पुगिरहेको छ |

अर्को कारण हुन सक्छ , नेपालका घरेलु टि २० लिगमा धेरै जसो युएईका खेलाडीहरु सहभागी भई नेपाल संग उनीहरुको आत्मीय सम्बन्ध स्थापित हुनु | युएई टिम नेपाल संग सधैं छ र रहिरहनेछ

पहिलो वान डे शिरिज नेपालको पोल्टामा

अधिकांश युवा क्रिकेटर बोकेर युएई हिड्ने तयारी गरिरहेकै बेला नेपाली टोलि भरपर्दो ब्याट्सम्यान एवम फिनिषरको रुपमा आफुलाई दर्ज गराउन सफल शरद भेषावकर आफ्नो समस्याको कारणले टिममा नपर्ने निश्चित भयो |

कुनै बेला यस्तो थियो करिव दुई तिन वर्ष अगाडी मात्रै, शरद, पारस, बसन्त, ज्ञानेन्द्र, शक्ति बिना पनि नेपाली क्रिकेटले क्रिकेट खेलिरहन सक्ला? सबैको मनमा यो प्रश्न खड्की रहने गर्थ्यो | समय यस्तो रहेन |

दाईहरु बसेर भाईहरुले क्रिकेटमा राज गर्ने समय आईसकेको छ | युएई विरुद्द पहिलो खेलमा बसन्त रेग्मीलाई समावेश गरे पनि त्यसपछिका खेलमा ‘क्राईसिस म्यान’ बिना नै नेपाली टिमले जित दर्ता गर्ने हैसियत बानाईसकेको छ र त्यो पनि डिभिजन लिगहरुमा नभएर वान डे अन्तरराष्ट्रिय खेलमा | ‘द पावर’ अरुमा ‘ट्रान्सफर’ भयो कि भएन त्यो बेग्लै कुरा होला तर ‘सिनियर खेलाडीको जिम्मेवारी’ केहि युवा टोलिमा थमाईसकिएको छ |

पहिलो वान डेमा सामान्य (अझ भनौं न्यून) स्तरको लक्ष्य नेपालले पेश गरेको थियो | टि २० मा पनि सामान्य बन्ने ११४ रनको लक्ष्य दिने क्रममा नेपाली टिमको उक्त लक्ष्य बनाउन सोम्पाल कामीको ब्याटबाट प्रभावकारी रन बन्यो | चौथो विकेटको रुपमा ब्याटिंग गर्न आएका सोम्पालले जिम्मेवारी पूर्ण ढंगले एउटा ब्याट्सम्यानको भूमिका निर्वाह गरे | उनले उक्त खेलमा नेपाली टोलिको तर्फबाट सर्वाधिक रन बटुल्दा युवा खेलाडी आरिफ शेखले २५ रनको ईनिंग खेले भने पारसले २१ र सन्दिपले १५ रन बटुल्दै बढी ओभर खेल्ने तिर लाग्दा लाग्दै आउट हुन पुगे |

कुनै बेला नेपाल पहिलो खेल ११३ रनको स्कोर पनि ‘डिफेन्ड’ गर्ने अवस्थामा आईसकेको अवस्थमा आठौँ विकेटको लागि आमिर हायत र ईम्रान हैडरले खेललाई अन्तिम सम्म लगेर आफ्नो पक्षमा खेल ल्याए |

दोश्रो वान डेमा नेपालले कमाल कै खेल खेल्यो | बसन्त रेग्मीलाई बाहिर राखेर अर्का कान्छा खेलाडी रोहितपौडेललाई लिएर मैदान उत्रिएको टोलीले आफ्नो वान डे अन्तरराष्ट्रिय खेलको सर्वाधिक ठुलो लक्ष्य पेश गर्यो विपक्षीलाई | आफूमाथि टिमले गरेको विश्वास माथि रोहित पौडेलले कत्ति पनि खेर जान दिएनन् बरु विश्व क्रिकेट कै महानतम हस्ती सचिन तेंदुल्कार र साहिद अफ्रिदीको रेकर्ड सम्म ब्रेक गरिदिए | वान डेमा शाहिद अफ्रिदिले बनाएको शतक र सचिनले टेष्टमा बनाएको अर्धशतक नेपाली कान्छो क्रिकेटर रोहित पौडेलले सबैको रेकर्ड तोडेर अगाडी उभिए | उनले सर्वाधिक कम उमेर अर्धशतक बनाउने क्रिकेटरको रुपमा लेखिन पुगे |

ओपनिंग राम्रो भए पनि सुरुको मध्यक्रम बिचलित हुन पुग्दा ११५ रन मै ५ विकेट गुमाउँदा नेपाली टिम अगिल्लो कै अवस्थमा झैं सानै लक्ष्यमा समेटिन पुग्ने हो कि अड्कलबाजी गर्न थालिसकेको थियो | त्यसपछि सधैं झैं आरिफ र रोहितले आफ्नो जोडीले हंगामा मच्चाउन सक्छ भनेरै प्रमाणित गरिदिए | टिममा सम्मानजनक अवस्थामा पुर्याएर आक्रमक खेल्दा आरिफ आउट हुन पुगे | त्यसपछि रोहितले कीर्तिमानी अर्धशतक बनाउदै करण, सोम्पालहरुले टिमलाई २४२ रनको अवस्थमा अन्तिम सम्म खेले |

जवाफी ब्याटिंगमा उत्रिएको युएईको ब्याटिंग धराशायी हुन पुग्यो जतिबेला सोम्पाल सुरुका प्रत्येक ओभरमा विकेट लिदैं आफ्नो चौथो ओभर सम्म आईपुगेको थिए | त्यसपछि सन्दिप बल घुमाई रहंदा युएई दयनीय अवस्थमा पुग्न गयो | अन्तत युएई ९७ रन मै अल आउट हुँदा नेपाललाई वान डे अन्तर्राष्ट्रियमा सर्वाधिक ठुलो अन्तर १४५ रनको अन्तरको जित हात पर्यो |

अन्तिम वान डे सबैको लागि पर्खाईको विषय बन्यो | पारसले खेल अगाडी नै दिएको अन्तर्वार्ता चर्चामा रह्यो | आफुहरु ऐतिहासिक शृंखला जितको खोजीमा रहेको भनाई मात्र राखेनन् उनले रवाफिलो ब्याटिंगको नमुना पनि पेस गरे | टस जितेर फिल्दिंग गरेको नेपाली टोलिले सुरुवाती चरण युएईलाई दबाब राख्दै वान डे अन्तर्राष्ट्रिय खेलको पहिलो पावरप्लेमा दोस्रो सबै भन्दा कम स्कोरमा युएईलाई बाँधिदिए | १४ रनको स्थितमा २ विकेट लिएर नेपालले युएईलाई १० सुरुको ‘पावर प्ले’ पावर मै राखेर खेलायो |

मध्य क्रमका ब्याट्सम्यानहरुले धैर्यता पूर्ण ब्याटिंग गर्दै युएईलाई २५४ को अवस्थमा डोराए | जवाफी ब्याटिंगमा उत्रिएको नेपालको ओपनिंग फेरी १९ रन मै ब्रेक लाग्यो | बिनोद भण्डारी आउट भए | त्यसपछि ब्याटिंग गर्न आएका पारसले सुरु देखि नै आक्रमक ईनिंग प्रस्तुत गर्दै गए अन्तत वान डे अन्तर्राष्ट्रिय खेलमा आफ्नो पहिलो शतक पनि बनाए | उनलाई साथ दिन आएका ‘डेब्युटेन्ट’ सन्दिप जोराले आउँदा आउंदै तेस्रो बलमा छक्का हान्दै युएई बिरुद्द थप ‘प्रेसर’ बढाउने काम गरे | पारस आउट भए पछि पनि समालेर आरिफ र रोहित अनि त्यसपछि सोमपालले जित तिर डोराएर आफुलाई ‘धोनी’ जस्तै फिनिशरको रुपमा पनि खडा गराउंदै नेपाललाई पहिलो ऐतिहासिक शृंखला कब्जा गराउन सफल बनाए टिमलाई |

एवम प्रकारले नेपालले विदेशी भूमिमा उल्लेख्य नेपाली समर्थकको उपस्थितिमा रवाफिलो जित निकाल्दै एउटा उदियमान क्रिकेटको राष्ट्रको रुपमा पेस गरे |

यो शृंखलामा नेपालले पाएको बिर्सनै नसकिने तथ्यहरु

१. सबै भन्दा कम उमेरमा सचिन र अफ्रिदिको अर्धशतकको रेकर्ड नेपालका रोहित पौडेलले तोड्न सफल रहे |

२. वान डे अन्तर्राष्ट्रियमा पहिलो पावर प्लेमा सबै भन्दा दोस्रो कम रनमा विपक्षीलाई रोक्न सक्यो |

३. पारस खड्काको पहिलो वान डे अन्तर्राष्ट्रिय शतक

४. नेपालले भेटाएको सबै भन्दा ठुलो वान डे लक्ष्य |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij