
काठमाडौं । १३ औं संस्करणको ‘नाडा अटो शो २०१८’ भदौ २६ देखि ३१ सम्म आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवम् ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शोको प्रदर्शनी भृकुटीमण्डपमा हुने भएको हो ।
यस संस्करणको नाडा अटो शोको ‘टाइटल स्पोन्सर’ सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो । सवारीसाधन तथा अटो कम्पोनेन्टस् सम्बन्धि सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवम् प्राविधिक विकासको प्रचार–प्रसार–प्रवद्र्धन गर्ने उद्देश्येले नाडाले प्रत्ेक वर्ष अटो शो गर्दे आएको छ ।
नाडाले शोसँगै आम सर्वसाधरणलाई सवारीसाधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना एवं सडक सुरक्षामा सम्बन्धी जन चेतनाको अभिवृद्धि गर्ने प्रयास रहेको बताएको छ ।
६ दिनसम्म चल्ने मेलामा चार पांग्र्रे, दुई पांग्र्रे र अटो कम्पोनेन्टस्को मागलाई ध्यानमा राखी, यस वर्ष तीन ओटा ह्यांगरहरु राखिने भएका छन् । नाडाको यस संस्करणमा प्रदर्शन स्थलको अभावले गर्दा गर्दा हेभी कमर्सियल गाडी भने नराखिने भएको छ । मेलामा १९ ब्रान्डका चार पांग्र्रे तथा २० ब्रान्डका २ पांग्र्रे सवारी साधन प्रदर्शन गरिने छ । यसैगरि पैठारीकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरि यसवर्ष ७१ कम्पनीको सहभागिता रहने छ ।
मेलामा साना ठूला गरि कूल १ सय ३४ ओटा स्टलहरु रहने छन् । प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, टायर ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसारिजलगायत नेपालमै उत्पादित सामाग्री पनि रहने छन् ।
प्रदर्शनीमा ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij