काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई महिनायताकै उच्च मूल्यमा कारोबार भएको छ । मंगलबार सुनको फेब्रुअरी २०१७ को करार मूल्य वृद्धि हुँदै अन्तराष्ट्रिय बजारमा अमेरिकी डलर १,२१८ दशमलव ९ प्रति ट्रोय आउन्समा कारोबार भएको थियो । यो मूल्य २२ नोभेम्बर २०१६ यताकै अधिक हो । बेलायतकी प्रधानमन्त्रि थेरेसा मे बाट आएको अभिव्यतिको साथै नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्मल्न लाग्दा कमोडिटी कारोबारीहरु सुन लगायतका बहुमूल्य धातुहरु प्रति आकर्षित भएका छन् ।
मंगलबार आफ्नो भषणमा बेलायती प्रधानमन्त्रि मेले यूरोपेली संघको एकल बजारलाई छोडेर अव यूरोपेली देशहरु सितको व्यापारका लगि भन्सार नीतिको नयाँ व्यवस्थाहरु निर्माण गर्नुपर्ने कुरामा जोड दिइन् । व्यापकरुपमा अपेक्षा गरिएको ब्रेक्जिट पश्चातको बेलायतको नीति र लक्ष्य बारे बताउँदै मे ले सो लक्ष्य हासिल गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि जानकारी गराइन् ।
केहि दिन पछि आफ्नो पद समाल्न गैरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा विश्पव्यापी अर्थतन्त्र बारे बिश्लेशकहरुमा अन्योलता देखिन्छ । २०१७ को शुरुवात संगै सुनको मुल्यमा क्रमशः वृद्धि आउन थालेको हो । नयाँ वर्षको सुरुवातबाट मगंलबार सम्म सुनको मूल्यमा ५ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij